
काठमाडौँ, २४ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेयर पेमेन्ट्स सँगको सहकार्यमा क्यानडा र युएईबााट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।
बैंकले यस सम्बन्धमा रेमिटवेयर पेमेन्ट्स क्यानडासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट बैशाख १९ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।
सम्झौता अनुसार रेमिटवेयर पेमेन्ट्समार्फत क्यानडा र युएईबााट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम एनआईसी एशियाका देशभर रहेका दुई वटा वटा शाखा तथा पाँच हजार पाँच सय भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।
बैंकले देशभर दुई सय शाखा कार्यालयहरु, दुई सय एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ ।















प्रतिक्रिया