२२ कार्तिक २०८३, आइतबार

चोरी गर्ने दुई अभियुक्त प्रहरीको नियन्त्रणमा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–७ की शान्तिदेवी राउतको घरमा चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वननिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका– ८ का नवल मण्डल र अर्जुन मण्डललाई राउतको घरमा चोरी गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । राउतको घरमा पशु फर्म खोली बसेका उनीहरुलाई रु एक लाख सत्र हजार चोरी गरेको आरोप छ ।

यसैबीच हनुमाननगर–राजविराज सडकखण्डअन्तर्गतको राजविराजबाट लागुऔषधसहित स्थानीयवासी अरुण साहलाई पक्राउ गरिएको छ । अभियुक्तका साथबाट २६ थान फेनारगन, २ एमएलको २२ थान डाइजाल्याब र २ एमएलको २५ थान लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ ।

विद्युत चोरी गर्नेमाथि कारवाही 

जिल्लामा भइरहेको विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्र्तगत सप्तरीमा ३२ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका अनुसार दुई दिनयता चालिएको अभियानबाट पक्राउ गरी कारवाही गरिएको छ । सो अवधिमा पाँच थान पानी तान्ने मोटर, तीन थान एलएडी टिभी र दुई थान ल्यापटपसमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो । –रासस