काठमाडौँ, २३ बैशाख । सनराइज बैंक लिमिटेडले २१ औँ शाखारहित बैंकिङ सेवाको रुपमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, मुनाल चोक, चक्करघातीमा सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ताले गरे ।
सो अवसरमा शाखारहित बैंकिङ सेवाको प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन सुरेन्द्र प्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक नविन कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै बैंकको झुम्का शाखाका प्रवन्धक नविन कुमार झाले शाखारहित बैंकिङ सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २१ पुगेको छ र बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।















प्रतिक्रिया