
काठमाडौँ, २१ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म १९ शाखारहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरलगायत १९ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा ८५ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।















प्रतिक्रिया