५ कार्तिक २०८३, बिहिबार

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबिच निःशुल्क सेवा प्रदान गर्ने सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट निःशुल्क औषधोपचार सेवा प्राप्त हुने बताइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक थापाले स्टार हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म निःशुल्क सुविधा प्रदान अग्रसरता देखाएकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा स्टार हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म निःशुल्क औषधोपचार सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने भएकाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।