५ कार्तिक २०८३, बिहिबार

जनता बैंकको ईलाम शाखाबाट कारोवार सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२१ बैशाख । जनता बैंक नेपाल लिमिटेडको ईलाम शाखाबाट कारोवार शुरु गरेको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको शाखा बैंकको १०८ औं शाखा हो ।

यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा प्रदान हुनेछ ।

ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ सेवा पु¥याउने पहल स्वरुप शाखा स्थापना गरिएको हो ।

शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।