२२ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा भोलीसम्म पानी पर्ने सम्भावना

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ बैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न आज पनि पानी परिरहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण काठमाडौंसहित धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा २८ मिलिमिटर वर्षा भएको छ ।

यो मौसमी गतिविधी आइतबारसम्म जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पानी परेपनि तराई क्षेत्रमा भने पानी परेको छैन । लामो समयदेखिको खडेरीले प्रदेश २ सहित तराईको जनजीवन प्रभावित भएको छ ।

पश्चिमको बादल पूर्वतर्फ सर्दै गएकाले काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा आज बेलुका हावाहुरीसहित पानी पर्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।