२२ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुका सहसंयोजक नेपालीद्धारा ५ बालबालिकाको अभिभावकत्व ग्रहण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर :मोहन पौडेल

परासी, बैशाख १४ । अनेरास्ववियू नवलपरासी(पश्चिम)का जिल्ला सहसंयोजक रमेश नेपालीले ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् ।

सरकारले लिएको एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्व अभियान अन्तर्गत अखिलका सहसंयोजक नेपालीले शुक्रबार सुनवल स्थित सोमनाथ आधारभूत विद्यालयमा पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन् ।

स्थानीय खेमबहादुर पाण्डेका छोरा राजन पाण्डे र सावित्री पाण्डेलाई क्रमशः कक्षा ३ र ६, प्रकाश विकका छोराहरु किरण विक र प्रेम विकलाई क्रमशः कक्षा एलकेजी र ३ तथा पदम विकका छोरा अस्मीत विकलाई कक्षा एलकेजीमा भर्ना गराउदैँ उनीहरुका लागि आवश्यक शैक्षिक सामग्री पनि वितरण गरेका छन् । आर्थिक अभावका कारण ती बालबालिकाहरु विद्यालयमा भर्ना हुन पाएका थिएनन् ।

बालबालिकाहरुको अभिभाकवत्व ग्रहण गर्दै नेपालीले उनीहरुको एक वर्षसम्मको अध्ययन खर्च, पोशाक, शैक्षिक सामग्री आफूले व्यहोर्ने जानकारी दिए । सरकारले ल्याएको योजनालाई सफल पार्नु आफूहरुको पनि दायित्व भएको भन्दै उनले यो अभियानमा सहयोग गर्न अन्य विद्यार्थी नेताहरुलाई पनि आग्रह गरे । सो अवसरमा नेकपा एमालेका जिल्ला सहसंयोजक थानप्रसाद गैरे, विद्यालयका प्रधानाध्यापक जगत प्रसाद पौडेल, समाजसेवी दिलिप चापागाई, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यस्तै अनेरास्ववियू नवलपरासी(पश्चिम)का जिल्ला सदस्य निरज पौडेल र सन्देश न्यौपानेले पनि आजै सुनवल २ स्थित सरस्वती आधारभूत विद्यालयमा एक÷एक जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्र्दै विद्यालयमा भर्ना गराएका छन् ।