२२ कार्तिक २०८३, आइतबार

प्रमुख निर्वाचन आयुक्तको घरमा बम विष्फोट गराउने चार जना पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ बैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जना पक्राउ गरेका छन् ।

प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहनप्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, शुरेन्द्र भन्ने ढकबहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकाष्पद बस्तुलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो ।

सरकारले यादवको निवास सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेपछि उनको घरमा बम विष्फोट भएको थियो । विष्फोटपछि महानगरीय प्रहरी परिसर लतिलपुरले उनको घरको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ ।

प्रहरी स्रोतका अनुसार नेकपा (माओवादी) विप्लव समुहले विष्फोट गराएको आशंका गरिएको छ । तर, विप्लव समुहले अहिलेसम्म घट्नाको जिम्मेवारी लिएको छैन ।