
-आकाश देबकोटा
बाँके, १३ वैशाख । प्रहरीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा अबैध खेसरी (अँकरा) को दाल बरामद गरेको छ ।
५ नंम्बर प्रदेश क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बर्दियाका बलबहादुर भण्डारीको ट्रकबाट अबैध खेसरीको २५ टन दाल बरामद गरेको हो ।
नेपाल सरकारले खेसरी (अंकरा) को दाललाई अखाद्य बस्तु भन्दै दाल बिक्रि बितरण र उब्जाउमा समेत रोक लगाइएको अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए । अबैध खेसरीको दाललाई हरेक खाद्य पदार्थमा मिसाउनका लागि प्रयोग गरिने भएकाले चितवन लगिँदै गरेको खुल्न आएको निरीक्षक सिंहले बताए ।
ट्रक र ट्रक चालक दिपेन्द्र गिरीलाई नियन्त्रणमा लिएर ट्रक सहित दाल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालय नेपालगन्जमा बुझाईएको छ ।












प्रतिक्रिया