२२ कार्तिक २०८३, आइतबार

महासिद्ध ‘स्याँक्चुरी फर युनिभर्सल पीस’ निर्माण हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ वैशाख । अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरु हुने भएको छ ।

उक्त भवन निर्माण कार्यको सुरुवात नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट हुने रिन्पोचेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । यो परियोजना (प्रोजेक्ट) निर्माणको लागि अमेरिकामा अवस्थित गैर–नाफामूलक धार्मिक संस्था ¥यांग्रिक येशे ईन्क र हंकङमा अवस्थित भगीनी संस्था वेन्चेङ गोंगझु ईन्टरनेश्नल फाउण्डेशन र नेपालमा अवस्थित भृकुटी हिमालयन फाउण्डेशनले सहयोग गर्नेछन् ।

रिन्पोचेले उक्त महासिद्ध स्याँक्चुरीले गौतम बुद्धको जन्मस्थलको गरिमा बढ्ने तथा सम्मान हुने आफूले विश्वास लिएको बताए । उनले भने, ‘यतिमात्रै होईन, यो प्रोजेक्ट निर्माणसँगै सबै धर्म, वर्ग, जाति र संस्कृतिका भक्तजनहरुको लागि प्रेरणादायी हुनेछ ।’

शाक्यमुनि गौतम बुद्धको जन्मभएको ठाउँ लुम्बिनी विश्वकै पवित्र स्थल भएको उल्लेख गर्दै उनले भने, ‘लुम्बिनी विश्वको एकमात्रै पवित्र स्थल हो, जसले विश्वमै शान्तिपूर्ण तवरमा मानवताको सेवा गरिरहेको छ, लुम्बिनी आस्था र विश्वासको एकमात्रै धरोहर हो ।’

विश्वभरि नै गौतम बुद्धको सन्देश फैलाउनको लागि यो प्रोजेक्ट फलदायी र प्रेरणादीय हुने उनको विश्वास छ ।