२२ कार्तिक २०८३, आइतबार

एकेन्द्र गुरुङका दुई कृति लोकार्पण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ बैशाख । लमजुङको क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँ घर भइ बेलायतमा बसोबास गर्दै आएका एकेन्द्र गुरुङका दुइ कृति सार्वजनिक गरिएको छ ।बेलायत बसेर लेखेका लेख संग्रह ‘मनका तरंगहरु’ र गीति संग्रह ‘धर्तीमा जून’ सोमबार पोखरामा लोकार्पण गरिएको हो ।

गुरुङ साहित्य मञ्च नेपालले प्रकाशनमा ल्याएको मनको तरंग १ सय ५५ पृष्ठको छ भने धर्तीको जून १ सय २८ पृष्ठको छ । मनका तरंगमा उनले गुरुङ जातिको संस्कार, संस्कृति, चालचलन, परम्परा, साहित्यसंगीत, व्यक्ति परिचय, आदिवासी जनजातिका अधिकार र सम्भावना, घलेगाउँ, सिक्लेसलगायत गाउँ भ्रमणका अनुभव, संघसंस्थाको परिचयलगायत संगालेका छन् ।

धर्तीको जून गीतिसंग्रहमा २० वटा गुरुङ भाषाका गीत र ८५ वटा नेपाली भाषाका गीत समावश छन् । गुरुङ भाषाको गीतलाई नेपालीमा अर्थ्याइएको छ । ६४ बर्षका गुरुङ तमु धीं युकेका सल्लाहकार समेत हुन् ।

उनको दुई कृतिको प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले एकसाथ लोकार्पण गरे ।