
डोल्पा, ११ बैशाख । अवैध रुपमा यार्सा संकलनमा गएका ७ जना संकलनकर्ताहरु कागमाराको पाटनबाट पक्राउ परेका छन् ।
तोईजोम पोष्टबाट गएको राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त टोलीले उनीहरुलाई जगदुल्ला गाउँपालिका अन्र्तगत पर्ने कागमारा पाटनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्ला गुठीचौर गापालीकाका पबित्रा बस्नेत, संगिता बस्नेत, सूर्य बस्नेत, चन्द्र बस्नेत, युवराज बस्नेत र जगदुल्ला गाउँपालिका डोल्पा छाचुँ–४ का युवराज बुढा, मुड्केचुला गाउँपालिका–८ ओक्टका ओम बहादुर रोकाय छन् ।
पक्राउ परेका सबैको थप अनुसन्धान भैरहेको राष्ट्रिय निकुञ्जको कार्यालय सुलीगार्डले जानाकारी दिएको छ । पक्राउमा परेकाहरु सबैबाट चाउचाउ, चिउरा, विस्कुटलगायत अन्य सामान पनि बरामद गरिएको छ ।












प्रतिक्रिया