–मिना बुढाथोकी
सल्यान, ११ बैशाख । दार्मा गाउँपालिका सल्यानले २४ वटा कानुन बनाएर काम थालेको छ । गाउँपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैले कानुन बनाएर काम शुरु गरेको गाउँपालिका अध्यक्ष अरुण केसीले जानकारी दिए ।
दार्माले बनाएका कानुनहरु गाउँपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणिकरण कार्यविधि नियमावली, कार्यविभाजन नियमावली, अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, विनियोजन विधेयक, गाउँपालिकाको पदाधिकारीको आचारसंहिता, उपभोक्ता समिति कार्यविधि, आकस्मिक कोष संचालन विधि रहेका छन् ।
यस्तै गाउँ कार्यपालिकाको बैठक भत्ता सम्बन्धी, प्राविधिक कर्मचारी फिल्ड सुविधा, विपद व्यवस्थापन, पुर्वाधार व्यवस्थापन ऐन, शिक्षा ऐन, सहकारी ऐन, कृषि व्यवसायी प्रवर्द्धन ऐन, न्याय सम्पादन विधेएक, स्थानीय विपद तथा जलवायु उत्पादनशील निर्देशिका, राजपत्र प्रकाशन कार्यविधि रहेका छन् ।
यस्तै शिक्षा नियमावली, एफएम रेडियो संचालन कार्यविधि, बजार अनुगमन निर्देशिका र सभा संचालन कार्यविधि रहेका छन् । गाउँपालिकाबाट पास भएका २४ वटा नियम कानुन र ऐन भित्र रहेर काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको गाँउपालिका प्रमुख केसीले बताए ।












प्रतिक्रिया