ब्रसेल्स । बेल्जियमा रहेका नेपालीहरुले धुमधामका साथ नेपाली नयाँ वर्ष मनाएका छन् ।
गैर आवासी नेपाली संघ क्षेत्रीय समिति ब्रसेल्सको आयोजनामा राजधानी ब्रसेल्सस्थित मिडीमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
समितिका अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षता तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बाल्दै राजदूत थापाले प्रवासमा यस्ता खालका नेपाल झल्कने सांस्कृतिक गतिबिधीहरुलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
समितिका उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत तथा सचिव सिर्जना कार्की थापाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले शुभकामना मन्तब्य ब्यक्त गनरे । कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा चर्चित लोक दोहोरी गायिका बिष्णु खत्री र गायिका तुलसा जिसीले सहभागीहरुलाई गीतमार्फत् छमछमी नचाएका थिए ।















प्रतिक्रिया