२२ कार्तिक २०८३, आइतबार

माइक्रोबस र बस एकआपसमा ठोक्किँदा आठ जना घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० वैशाख । भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा सोमबार आठ जना घाइते भएका छन् ।

नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे १ ख २२६७ नं बस एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । –रासस