२२ कार्तिक २०८३, आइतबार

पूर्व प्रेमिकाको अश्लिल फोटो फेसबुकमा राख्ने पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० बैशाख । पूर्वप्रेमिकाको गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन् । संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

प्रेममका धोका दिएको भन्दै उनले पूर्वप्रेमिकाको नाममा नक्कली फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी काठमाडौं ल्याएको हो ।

साइबर क्राइम मुद्दामा खनालविरुद्ध कारबाही अघि बढाइएको एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।

यसैबीच, नक्कली फेसबुक आईडी बनाएर आफन्तहरुको बारेमा जभाभावी पोष्ट गर्ने मकवानपुर भिमफेदीकी ३६ वर्षिय धनलक्ष्मी थिङ पक्राउ परेकी छिन् । महानगरीय अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको हो ।

थिङले आफन्तहरुसँग रिसिइवी साध्न फेसबुकको सहायता लिएकी थिइन् । आफन्तको उजुरीपछि प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐनअनुसार उनीविरुद्ध मुद्दा अघि बढेको महाशाखाका एसपी उप्रेतीले बताए ।