३१ आश्विन २०८३, शनिबार

बुद्ध जयन्तीमा पोर्चुगलमा बृहत् शोभा यात्रा हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-भरत प्रधान

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ ।

भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिए । ‘बुद्धका बारेमा विदेशीलाई जानकारी दिने र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने हाम्रो मूल अभिप्राय हो’, पर्यटनदूत गुरुङले भने ।

गुरुङका अनुसार यही वैशाख १७ गते राजधानी लिस्बनमा बृहत् शोभायात्रा गरिने भएको छ । नेपाली बाजागाजा, बुद्धका मूर्ति, बुद्ध अंकित तस्बीर, प्लेकार्ड, ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिनेछ । र्‍यालीमा पोर्चुगलमा रहेका नेपाली, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ ।

रोसियोस्थित समुन्द्र किनारबाट शोभायात्रा शुरु भई मुख्य सडकहरु परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन हुनेछ । र्‍यालीपश्चात् सिन्डिकेट हलमा धर्म गुरुद्वारा बुद्धको पूजापाठ गरिने गुरुङले बताए ।

शेभा यात्रामा सहभागी भई नेपाल र नेपालीहरुको गौरव बढाउन पर्यटनदूत गुरुङले पोर्चुगलबासी नेपालीहरुलाई बिशेष आग्रह समेत गरेका छन् ।