केन्ट । बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११औँ यलम्बरहाङ् कप सम्पन्न भएको छ ।
यसवर्ष पनि किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको फुटबल खेलमा मेन टिममा २४ टिम, भेटरेन र सुपर भेटरेनमा ८, ८ टिम र २ महिला टिमहरु गरी ३४ टिमले भाग लिएका थिए ।
खेलको अध्यक्ष्ता चुम्लुङको् वर्तमान केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले गरेका थिए, प्रमुख अतिथि जनजाती महासंङ्घ बेलायतका वर्तमान अध्यक्ष जंङ्ग सुनुवार र अतिथिहरुमा याक्खा चुम्बाका वर्तमान अध्यक्ष धन रोघु, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास अन्य संङ्घ संस्थाका प्रतिनिधिहरूका साथै खेलका पुरस्कार प्रायोजकहरू रहेका थिए ।
आयोजक “किरात याक्थुङ् चुम्लुङ” का अध्यक्ष दिलसिङ् मेन्याङ्बोले गोल किक गरेर फुटबल खेलको उद्घाटन गरेपछि ५ वटा खेल मैदानहरूमा मेन टिम, महिला टिम भेटरेन, सुपर भेटरेन र महिला टिमहरुको पहिलो खेल बिहानको १० बजे बाट शुरु भएकोे थियो ।
२३ टिमहरुलाई पछि पार्दै “पि ए एफसी” ले शिल्ड साथै १३ सय पाउण्ड हात पारेको थियो, बेस्ट प्लेयरमा बिसाल तामाङ र ८ गोल गरेर टप स्कोररमा प्रनय गुरुङ भएका थिए । टिमको लागि ट्रफी प्रायोजन याक्थुङ माङ्गेना चुम्लुङ्ले गरेका थियो ।
बेस्ट प्लेयर र बेस्ट स्कोररको ट्रफी क्रमश बमबहादुर लिम्बु र दिल ईवारमले प्रायोजन गरेका थिए । रनरअप टिम मंगोलियन भान्जाले ६ सय पाउण्ड सहित रनर अपको शिल्ड पाए । यस टिमको लागि ट्रफी प्रायोजन श्रीप्रसाद लिम्बुले गरेका थियो ।















प्रतिक्रिया