२२ कार्तिक २०८३, आइतबार

ग्यासको बुलेट त्रिशूलीमा खस्यो, चालक घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आइतबार एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ ।

भारतबाट काठमाडौँ जाँदै गरेको एचआर ३ एचआर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ । –रासस