२२ कार्तिक २०८३, आइतबार

भारतीय रुपैयाँसहित नवलपरासीबाट एक जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ९ बैशाख । नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित ग्यारेजपुलबाट बैशाख ९ गते एपीएफ टोली र नेपाल प्रहरीले भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

भारतको बगाहा घर बताउने ३८ वर्षीय कृष्ण मरहुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज मरहुको साथमा भारतीय रुपैयाँ ५ सयको नोट ४ सय वटा र २ हजार दरको नोट २ सय वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मरहुलाई आवश्यक कारवाहीको लागि बरामद भारतीय रुपैयाँसहित स्थानीय प्रहरीमा बुझाईएको उनले बताए ।