२२ कार्तिक २०८३, आइतबार

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने गिरोह पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ बैशाख । विभिन्न कम्पनीका मोटरसाइकलहरु भारतबाट चोरी निकासी गरी नेपालमा ल्याएर सक्कलीको रुपमा विक्री गर्ने हिरोगलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले ति चोरीका मोटरसाइकलको नक्कली बिलबुक बनाई नयाँ मोटरसाइकलको रुपमा बिक्री गर्ने ३ जनालाई प्रहरीले १३ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ केहुली घर भएका सनम चौधरी, मकवानपुर धिमाल घर भएका धनबहादुर योन्जन र दोलखा बिर्तेश्वर घर भएका गोपाल नेपाली रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ४२ हजार ३ सय ५० रुपैयाँ, बिलबुक ७ थान, मोटरसाइकलको साचो ६ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।