
-मिना बुढाथोकी
सल्यान, ९बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले सल्यान जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुको अवस्थाका बारेमा जानकारी लिन थालेको छ ।
जिल्लामा रहेका महिलाहरुको लैंगिक समानता र महिला अधिकारको अवस्था बुझन् आयोगको क्षेत्रीय कार्यालयको टोलीले एक साताका लागि जिल्लामै रहेर समग्र महिलाहरुको अध्ययन गरि रहेको जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय अधिकृत द्दारिका अधिकारीको नेतृत्वमा आएको टोलीले जिल्लाको महिलाको अवस्थाको बारेमा जानकारी लिइरहेको छ । सोही क्रममा आइतबार जिल्ला स्थित मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवि लगायतसँग जिल्लाको महिलाहरुको अवस्थाका बारेमा जानकारी लिएको छ ।
कार्यक्रममा उपस्थित सहभागी हरुले जिल्लामा बाल विवाह र बैदेशिक रोजगारीले महिलाहरुमा विभिन्न खाले हिंसाका घटना निम्त्याएको निष्कर्ष निकालेका छन् । महिलाहरु अझैपनि आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा कमजोर रहेको भन्दै महिलाहरुको सबै क्षेत्रमा पहुँच पु¥याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।












प्रतिक्रिया