
डोटी, ९ बैशाख । डोटी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । शनिवार भएको जिप दुर्घटनमा थप २ जनाको मृत्यु भए सँगै मृतकको संख्या ५ पुगेको छ ।
दुर्घटनामा परि गम्भिर घाइते शिखरनगरपालिका–३, जोरागाउँकी ३५ वर्षीया झाक्री भुल र सोही स्थानकी २८ वर्षीया धौली भुलको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
दिपायलवाट जोरागाउ तर्फ जाँदै गरेको ग १ ख ५२७५ नम्बरको शैलेश्वरी यातायतको जिप शनिवार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी १६ जना घाइते भएका छन ।
जिप सडक खण्डबाट २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक दिल वहादुर कुँवरले जानकारी दिए ।












प्रतिक्रिया