२२ कार्तिक २०८३, आइतबार

दुर्लभ पाटे बाघ मर्‍यो, दुई महिनामा चार बाघ मरे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रत्ननगर, चितवन, ९ वैशाख । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेकी थिइन् ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । ‘साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौँ, अनि फर्किएर खबर गरेको’ घटनाबारे गुरौले भनिन् । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए । –रासस