२२ कार्तिक २०८३, आइतबार

प्रत्येक स्थानीय तहमा साहित्यिक संगठन विस्तार हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा

लमजुङ, ८ बैशाख । लमजुङले प्रत्येक स्थानीय तहमा साहित्यिक संगठन विस्तार गर्ने भएको छ । जिल्लामा नवगठित लिस्नो साहित्य मञ्चले जिल्लाका चार वटा नगरपालिका र ४ वटा गाउँपालिकामा संगठन विस्तार गर्ने जनाएको हो ।

संस्थाले जिल्लाको उजागरका लागि साहित्यमार्फत काम गर्ने संस्थाका अध्यक्ष बसन्त अधिकारीले बताए । साहित्यको माध्यमबाटै समाज परिवर्तन गर्न सकिने भएकाले अब गाउँगाउँमा साहित्यिक गतिविधि संचालन गरि साहित्यको विकासमा लाग्ने उनले बताए । जिल्लामा गठन भएका अन्य सहित्यिक संस्थालाई एकता गर्ने बताए ।

लिस्नो साहित्यिक मञ्चले शनिबार बेँसीशहरमा छन्द दिवसको अवसरमा साहित्यिक कार्यक्रम संचालन गरेको छ । साहित्य र सिर्जनालाई प्रोत्साहन, नेपाली भाषा मौलिकताको उत्थान भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रममा साहित्य प्रति रुची भएकाहरुले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले केहि समय अघि मात्र गठन भएको लिस्नो साहित्य मञ्चले जिल्लामा साहित्यको क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए । उनले जिल्लामा रहेका सबै साहित्यिक संस्थाको एकता र सहकार्य हुनुपर्ने उनले बताए ।

चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरे, साहित्यप्रेमी राजु थापालगायतले साहित्यिक संस्था बढेपनि गतिविधि भने अनुसारको नभएकाले गतिविधिलाई निरन्तरता दिइने बताए । साहित्यको विकासले नै समाजको विकास हुने भएकाले यसको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए । साहित्यले नयाँ खोजी गर्ने र साहित्यप्रति रुची भएकालाई अवसर प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा लिस्नो साहित्य मञ्चका कोषाध्यक्ष पुर्णदेवी न्यौपाने लगायत, साहित्यप्रेमीको उपस्थिति रहेको थियो । संस्थाले मासिक रुपमा रचना वाचनको कार्यक्रम समेत संचालन गर्ने बताएको छ । कार्यक्रमको संचालन संस्थाका सचिव बासुदेव शेढाईले गरेका थिए ।