२२ कार्तिक २०८३, आइतबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ८ वैशाख । रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ बाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

चितवन जिल्लाको भरतपुर १२ घर बताउने ३८ वर्षीय सुजन थापामगरलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज थापामगरको साथमा नोफिन २१ वटा, डाईजापाम २१ वटा, फेनारगन २१ वटा र सिरिन्ज १ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज थापामगरलाई एपीएफ टोलीले बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।