२२ कार्तिक २०८३, आइतबार

सल्यानमा वन्यजन्तुको चोरी शिकारी बढ्दो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, ७ बैशाख । वन्यजन्तु संरक्षण भनेकै मानव हितका लागि भएको भन्दै समृद्धि हासिल गर्नका लागी वन्यजन्तु बासस्थानको विनाश तथा क्षयीकरण, वन्यजन्तुको चोरि शिकार रोक्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नयाँ वर्षको पहिलो हप्तामा मनाइने वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रबार जिल्ला वन कार्यालय सल्यानले एक आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले यस पृथ्वीलाइ अझै सुन्दर र सबैको साझा बनाउन सर्वश्रेष्ट प्राणि मानिने मानिसको बढि भुमिका हुने बताए ।

सल्यानका वनजंगलमा पाइने घोरल, कालिज, तिथ्रो, राते, बाँदर, दुम्सी जस्ता वन्यजन्तुको संरक्षणमा सबै लाग्नुपर्ने बताउँदै उनले आफ्नो गाउँपालिकामा कसैले वन्यजन्तुको शिकार वा वासस्थान भत्काउने काम गरेमा कानुन अनुसार कडा कारवाहिको भागीदार बन्नुपर्ने बताए ।

यस्तै सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य घनश्याम शर्माले सबैभन्दा पहिले वन संरक्षणमा समुदायलाइ प्रेरित गर्नुपर्ने बताउँदै अनीमात्रै वन्यजन्तु संरक्षण हुने धारणा राखे ।

जिल्ला वनस्पति कार्यालयका प्रमुख डम्बर बहादुर कार्कीले वन्यजन्तु एवम् जैविक विविधताको संरक्षण र दिगो व्यवस्थापन मार्फत स्थानीय समुदाय र समग्र राष्ट्रको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

अहिले सल्यानमा कालिज, घोरल, दुम्सी जस्ता वन्यजन्तुको लुकिछिपी शिकार गर्ने क्रम चलेको वन कार्यालयले जनाएको छ ।