२२ कार्तिक २०८३, आइतबार

नुहाउने क्रममा कर्णाली नदीमा डुवेर एक युवक वेपत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नृप हमाल
हुम्ला, ७ वैशाख । हुम्लाको कर्णाली नदीमा नुहाउने क्रममा ढुङ्गाबाट चिप्लीएर नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ४ का अन्दाजी बर्ष १९ का बिष्णु कार्की नदीमा डुवेर बेपत्ता भएका हुन् ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ दोमुख हलगाँडे भन्ने स्थानमा कर्णाली करीडोर सडक खण्डमा मजदुरी काम गर्न बाजुराबाट आएका कार्की बिहीबार दिउँसो करिव १ बजे नदीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । वेपत्ता कार्कीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कर्णाली करीडोर सडक खण्ड अन्तर्गत नेपाली सेनाको टोलीले काम गर्दै आई रहेको छ ।