
काठमाडौं, ७ वैशाख । मोरङको सुन्दर हरैंचा नगरपालिका ७ की ८ वर्षिया बालिका बलात्कार गरी फरार रहेका ६० वर्षीय जीतबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
बेलबारी इलाका प्रहरी कार्यालयले जीतबहादुरलाई झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।
स्थानीय जनप्रतिनिधिको दबाबमा मिलापत्र गराउने प्रयास भएको घटनाविरूद्ध पीडित परिवारले जाहेरी दिएका थिए । ११ वर्षिया दिदीले बलात्कार गरेको प्रत्यक्ष देखेपछि उद्दार गरी बालिका घर लगिएको थियो । पीडितले आमामार्फत उजुरी दिइएको थियो ।
पीडित बालिकाको उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार भइरहेको छ ।












प्रतिक्रिया