
काठमाडौँ, ६ बैशाख । सुर्खेतको चौकुने गाँउपालिकाले अनाथ र असहाय बालबालिकाका लागि आवासीय विद्यालय खोल्ने तयारी गरेको छ ।
गाँउपालिका अध्यक्ष धीरबहादुर शाहीले अहिले आफूले हरेक विद्यालयलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गर्न सक्नेबारे आवश्यक निर्णय गरेर ल्याउन निर्देशन दिएको बताउँदै अनाथ र असहाय बालबालिको तथ्याङ्क संकलन गर्न शुरु गरिएको जानकारी दिए ।
बिहीबार आर्थिक अवस्था कमजोर रहेका चौकुने–८ मिलनचोकका हर्कबहादुर भाट र तुलसा भाटकी ६ वर्षीया छोरी रञ्जना भाटको अभिभाकत्व ग्रहण गर्दै उनले यस्तो बताएका छन् ।
सुर्खेतमा अहिलेसम्म अनाथ र असाहय बालबालिकाका लागि आवासीय विद्यालय संचालनमा छैन ।












प्रतिक्रिया