
काठमाडौँ, ६ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्रीले बिहीबार मध्य पृतना हेडक्वार्टरमा सञ्चालित फिल्ड अभ्यासको निरीक्षण गरेका छन् ।
क्षत्रीले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, तालिममा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको प्रदर्शनको अवलोकन गरे । यसैगरी अन्य विविध पक्षबारे जानकारी हासिल लिनुका साथै फिल्ड अभ्यासमा भाग लिने फौजलाई सम्बोधन समेत गरे ।
प्रधानसेनापति क्षत्री अभ्यासको निरीक्षण गरि बिहीबार नै काठमाण्डौं फर्र्किएका छन् ।












प्रतिक्रिया