२२ कार्तिक २०८३, आइतबार

यही बैशाख १० देखि १२ गतेसम्म विश्व शान्ति पूजा गरिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ बैशाख । मागी गुम्बा समिति बाराले यही बैशाख १० देखि १२ गतेसम्म राजधानीको बौद्धमा विश्व शान्ति पूजाको आयोजना गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मागी गुम्बा समितिले बिहीबार पत्रकार सम्मेलन गरेर रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ विश्व शान्ति पूजाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आदिबासी जनजाति अभियन्ता कृष्ण कुमार ग्लानले व्यक्तिवादी सोचको अन्त्य गर्नु नै बुद्ध धर्मको मूल मर्म रहेको दाबी गरेका छन् । उनले जातीय विभेदलाई समानतामा बदल्नु आजको आवश्यकता रहेको बताउँदै भने, ‘बुद्धको ज्ञान र शिक्षाले पनि यही भन्छ, व्यक्तिवादी स्वार्थ र आफूमात्रै बन्नु भन्ने भावनाको अन्त्य गर्नु बुद्धको मूख्य ध्येय थियो, हाम्रो देशमा पीडितहरुको नाममा अरुले सुविधा लिईरहेका हुन्छन् यो गलत हो ।’

त्यस्तै धर्मगूरु कर्मा गुम्चेन लामाले बुद्ध जन्मेको देश नेपालमा हिँसाका घट्नाहरु घट्नु दुःखद् भएको टिप्पणी गरेका छन् । उनले भने, ‘आजका दिनमा हाम्रो मुलुकमा धेरै प्रकारका हिँसाका घट्नाहरु घटिरहेका छन्, बरु बाहिरी मुलुकमा त्यस्तो छैन्, केही देशहरुमा नरसंहार मच्चिएको छ, ती देशहरुमा शान्तिको लागि हामीले २५६२ औं बुद्ध जयन्तीका अवसरमा यही बैशाख १० देखि १२ गतेसम्म विश्व शान्तिको कामना गर्दछौँ ।’

पत्रकार सम्मेलनमा गजलाल बाँस्कोटाले रौतहटको चन्द्रनिगाहपुरमा निमार्ण गर्न लागिएको विशाल स्तुपाको सहयोगार्थ आयोजनामा गरिएको विश्व शान्ति पूजामा उपस्थित हुन आग्रह गरेका छन् ।

उनले मानव जीवनलाई सफल र सहज बनाउन शान्ति अहिँसा, करुणा, प्रेमको माध्यामबाट सम्पूर्ण प्राणी र चराचर जगतको रक्षा गर्न सकिन्छ भन्ने बुद्धको पवित्र ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् ।