२२ कार्तिक २०८३, आइतबार

पार्टी एकताबारे एक-दुई दिनभित्रै ‘ब्रेक थ्रु’ हुन्छ : अग्नि सापकोटा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडाौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन घोषणा हुने दाबी गरे । उनले भने, ‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन, हामी चाँडै नै एकता घोषणा गर्छौं ।’

नेता सापकोटाले पार्टी एकता घोषणा हुनेमा कुनै द्धिविधा नरहेको जिकिर गरे । रिपोटर्स क्लबले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा उनले भने,‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो, त्यसैले विकास र समृद्धि हाँसिल गर्नुपर्छ, जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं ।’

देश भ्रष्टाचारले आक्रान्त बनेको उल्लेख गर्दै नेता सापकोटाले देश र जनतालाई विकास र समृद्धि दिलाउनको लागि पनि दुई पार्टीबीचको एकता अनिवार्य भएको सुनाए ।

उनले दुवै पार्टीको ईतिहास गर्विलो र सशक्त भएकोले एकताको मोडालिटी केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म समानताको आधारमा र सम्मानजनक रुपमा हुनुपर्ने स्पष्ट पारे । उनले भने, ‘एकता ठीक ढंगले हुनुपर्यो, दुवै पार्टीका साथीहरुलाई आत्मगौरव हुनुपर्छ ।’