धादिङ, ५ बैशाख । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
गजुरी गाउँपालिका–१ गलैदीस्थित त्रिशुली नदीमा बुधबार पौडी खेल्ने क्रममा निलकण्ठ नगरपालिका–६ सुनौला बजार बस्ने रामबहादुर मिजारका छोरा १३ बर्षीय सुमन मिजार डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया