२२ कार्तिक २०८३, आइतबार

हिमालयन टिभीमा पत्रकार महासंघको कालो ब्यानर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ बैशाख । नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा विरोध कार्यक्रम सुरु गरिएको छ ।

श्रमजीवी पत्रकारको अधिकारका लागि थालिएको विरोध कार्यक्रममा बुधबार महासंघ श्रमजीवी हित प्रवर्द्धन समितिले उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेको हो ।

कालो व्यानर टाँस्ने कार्यक्रमको नेतृत्व गर्दै महासघंका महासचिव रमेश विष्टले व्यवस्थपनले समयमै माग सुनुवाइ नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने धारणा राखे । समितिका संयोजक रामप्रसाद दाहालले ‘हेरौं तालाबन्दीमै पुग्ने स्थिति आउँछ कि आउदैन ?’ भने ।

समितिका सहसंयोजक जन्मदेव जैसीको नेतृत्वमा कालो झण्डा टाँसिएको थियो । महासंघले यसअघि पटकपटक पत्राचार गर्दै श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, राजपत्रमा प्रकाशित भए अनुरुप पारिश्रमिक उपलब्ध गराउन, सबै कर्मचारी पत्रकारहरुलाई नियम अनुसार स्थायी अस्थायी नियुक्तिपत्र उपलब्ध गराउन र पत्रकार सन्ध्या केसीलाई स–सम्मान काममा लगाउन दवाव दिदै आएको थियो ।

सह संयोजक जैसीका अनुसार ७ गते १ घण्टा धर्ना र ९ गते कोणसभा गरेपछि पहिलो चरणको कार्यक्रम सकिने र लगत्तै बैठक बसी सशक्त कार्यक्रमसहितको दोश्रो चरणको कार्यक्रम तय गरिनेछ ।