२२ कार्तिक २०८३, आइतबार

महिला आयोगद्वारा महिला आत्मसुरक्षा तालिम सम्पन्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ बैशाख । नेपालमा महिला माथिको बढ्दो हिंसा न्युनिकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम एवं सचेतना अभियान संचालन गरिएको छ ।

महिला स्वयंले बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिने ज्ञान र व्यवहारिक सीप सिकाउन महिला आत्मरक्षा तालिम आयोजना गरिएको हो । महिलालाई सैद्धान्तिक र मार्शल आर्टका व्यवहारिक र सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने तालिमको उद्देश्य रहेको आयोजकले बताए । राष्ट्रिय महिला आयोग र केयर नेपालको आयोजनामा महिला आत्मसुरक्षा तालिम सम्पन्न भएको हो ।

महिला आयोगको भद्रकालीस्थित केन्द्रिय कार्यालयमा सम्पन्न तालिममा ३० जना सहभागी थिए । तालिममा महिला सुरक्षा अभियानमा सम्बद्ध महिलाहरु एवं आयोगको हेल्प लाइन (खबर गरौँ ११४५ शाखा) मा कार्यरत महिलाहरु सहभागी थिए । महिला आयोग, केयर नेपाल र महिला अधिकार एवं सुरक्षा क्षेत्रमा कृयाशिल अभियान्ताहरु समेत तालिममा सहभागी थिए ।

राष्ट्रिय महिला आयोगका नवनियुक्त सचिव अनिलकुमार ठाकुरले महिला आत्मसुरक्षा तालिमलाई अभियानका रुपमा संघीय संरचनाकै ढाँचामा प्रदेश र जिल्ला तहमा पुर्याउने बताए ।