१३ कार्तिक २०८३, शुक्रबार

सुन्दरीको जालमा धेरै सखाप

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । अनुहारकी राम्राी, तर काम कुरुप ! कुरा हो, लण्डनको । ट्यारोट कार्डबाट अर्काको भविष्य शतप्रतिशत मिलाउँछु भन्ने नेपाली युवती क्षमता ढकाल लण्डनका एक व्यापारीलाई यसरी नै फसाउन खोज्दा आफै अस्तव्यवस्त भएकी छन् ।

आर्थिक सहयोग नगरेकै निहुँमा व्यापारी विराज भट्टसँगको निकट सम्बन्ध अनि तस्बिर सार्वजनिक गर्दै बदलाभाव र ब्ल्याकमेलमा उत्रिएर अहिले बजार तताइरहेकी उनलाई एक महिला भएर आफ्नो इज्जत राख्न नसक्ने भन्दै सामाजिक सञ्जालमा खुबै आलोचना गरिएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

सन् २००७ सालमा बेलायत टेकेकी उनले केही महिना यता अर्काको भविष्य हेरिरहँदा उनको आफ्नै विगत, वर्तमान र भविष्य भने उदेकलाग्दो छ । उनले आफू विवाहित भनेर नेपाली समुदायलाई भ्रममा राखे पनि नेपालमा उनको एउटी छोरी छन् । पति जापान गएका बेला अन्यत्र सम्बन्ध भेटिएपछि सम्बन्धविच्छेद भएको थियो । त्यसपछि पढ्न भनी लण्डन पुगेकी हुन् । त्यहाँ ब्युटी पार्लर, केयर होमको कामका साथै संघर्ष गरिरहँदा उनले बंगाली र पाकिस्तानी युवकसँग निकट सम्बन्ध राखिन् ।

बेलायत बस्नकै लागि हसन नामक बंगालीसँग नक्कली विवाह गरिन्, रातो पासपोर्ट पनि लिइन् । पुरुषसँग नजिकिएपछि सेल्फी र आपत्तिजनक भियिो लिने अनि पैसा नदिए गोप्य तस्बिर र भिडियोसार्वजनिक गरिन्दुन्छु भनी बबाल गर्ने उनको बानी !

एक पाकिस्तानी युवकबाट गर्भवती भएपछि सन् २०१३ मा क्युरेट गर्न नेपाल आइन् । उनका बाबुले पाकिस्तानीसँग मिलेर नेपालमा आतंकवादी क्रियाकलाप गरिरहेको भन्दै नेपाल प्रहरीमा उजुरी हालिदिए । प्रहरीले अन्यत्र यात्रा गर्न नमिल्ने गरी उनको आइएलआरवाला पासपोर्ट नै जफत गरिदियो । तर, उनले सोर्सफोर्समा एक लाख रुपैया ँतिरेर नयाँ पासपोर्ट निकालिन् ।