बर्दिया, ४ बैशाख । मधुबन नगरपालिका–५ बस्ने २५ बर्षीया गणेश शाहीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । भने २१ बर्षीया सुरजा शाही र २६ बर्षीया सुस्मिता बिक घाइते भएका छन् ।
सोही ठाउँस्थित डाँडे सामुदायिक बनमा घर लिप्ने माटो खन्ने क्रममा मंगलबार ढिस्कोले पुरिएर गणेशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ ।












प्रतिक्रिया