
-मिना बुढाथोकी
सल्यान, ४ बैशाख । सल्यानको कोर्बाङ्ग झिम्पे स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन हुने भएको छ । यसअघि स्थानीय स्तरमा रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन नहुँदा त्यहाँका गर्भवती महिलाहरुलाई प्रसुती हुन सदरमुकाममा रहेको जिल्ला अस्पताल अथवा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
आफ्नो गाँउ नजिकमा प्रसुती सेवा सञ्चालित स्वास्थ्य संस्था नहुनु तथा भौगोलिक विकटता लगायतका कारणहरुले कयौँ गर्भवती महिलाहरु घरमा नै प्रसुती हुने गरेका थिए भने कतिपय सुत्केरी महिला लाई प्रसुती गराउन ठूला अस्पतालमा पु¥याउँदै गर्दा बाटोमा नै बच्चा जन्मिने गथ्र्यो ।
यही बैशाख १५ गते भित्र झिम्पेमा प्रसुती सेवा सञ्चालन हुने छत्रेश्वरी गाउपालिका स्वास्थ्य शाखा संयोजक अम्बर कुमार शर्माले जानकारी दिए । उनले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै प्रसुती सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘प्रसुती सेवा सञ्चालनको लागि आवश्यक पर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका छौँ, हामीले कार्यक्रमको आयोजना गरेर भब्य रुपमा उद्घाटन गर्दैछौँ’, उनले भने ।
स्वास्थ्य चौकी ईन्चार्ज सुनिता शाहले अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रामा रहेको बताईन् । उनले प्रसुती सेवा सञ्चालन भएपछि स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको संख्यामा पनि बृद्धि हुने बताईन् ।












प्रतिक्रिया