२२ कार्तिक २०८३, आइतबार

आयुर्वेद अस्पतालमा थपिए ४ वटा सेवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


उदयपुर, ४ बैशाख । प्राकृतिक चिकित्सालाई प्रभावकारी बनाउन सगरमाथा अञ्चल अस्पताल उदयपुरमा थप ४ वटा सेवा सञ्चालन गरिने भएको छ । मंगलबार अस्पताल परिषरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले पञ्चकर्म, योग, षटकर्म र अकुप्रेसर सेवाको उद्घाटन गरे ।

सुस्त उपचार सेवाका कारण देशभरका आयुर्वेद अस्पतालहरु बन्द हुने अवस्थामा पुगेपछि सरकारले आयुर्वेद अस्पताललाई व्यवस्थित र यसको सेवालाई प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको हो । सामान्यतया जडिबुटी औषधि वितरण गर्दै आएका आयुवेर्दिक चिकित्सकहरुले अब यो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने भएका छन् ।

पछिल्लो समयमा नीजि संस्थाहरुले सञ्चालनमा ल्याएको प्राकृतिक उपचार पद्धतीतर्फ विरामी आकर्षित भईरहेको बेलामा सरकारी तवरबाट सशुल्क सञ्चालनमा ल्याइएको यो पद्धती प्रभावकारी हुने अस्पतालका प्रमुख डा. संन्जिवकुमार यादवले बताए ।

उनले आयुवेर्दिक उपचार पद्धतीको बारेमा सर्वसाधरणलाई पर्याप्त जानकारी नहुँदा पनि अस्पताले दिने सेवाहरु प्रभावकारी बन्न नसकेको स्वीकार गरे ।

सेवाको उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख परियारले एलोपेथिक औषधिलाई न्युनिकरण गर्न यो प्रविधीले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले आयुवेर्दिक औषधालयलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहसम्म समन्वय गरी अघि बढ्ने बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवंम त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले आयुर्वेदिकको प्रभावकारीताको बारेमा अनुसन्धान गरी यसको व्यापकताका लागि जनस्तरसम्म पुर्याइने बताए ।

उनले जडिवुटी खेती विस्तार गरी औषधि उपचारका लागि प्रभावकारी बनाउन अस्पताल र कलेजको स्थापना गर्ने जानकारी दिए । चौधरीले अञ्चल अस्पताललाई १५ वेडको स्वीकृती लिई सेवा सञ्चालन गर्न नगरपालिकाले आवश्यक योजना अघि सारेको बताए ।