२२ कार्तिक २०८३, आइतबार

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पेस्तोलसहित दुईजना पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, ४ वैशाख । बाँके जिल्लामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो ।