३१ आश्विन २०८३, शनिबार

न्युजिल्याण्डमा नेपालीहरूको विशेष कार्यक्रम, शुभकामना आदान प्रदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युजिल्याण्ड । न्युजिल्याण्डमा क्यांनटरवारी नेपाली सोसाइटीले विशेष कार्यक्रम गरी नयाँ वर्ष धुमधामले मनाएका छन् ।

क्राइस्टचर्च सिटीका काउंसेलर जिम्मी चेनको प्रमुख अतिथि रहेको सो कार्यक्रममा पारासाइकिलिस्ट कालिका भण्डारी बिशेष आकर्षण रहेको थियो । उनले बिश्वका ५४ देश घुमेको र यो ५५औँ देश न्युजिलैंड टेकन पाउंदा खुशी लागेको बताए ।

न्युजिल्याण्डका लागि नेपाली पर्यटनदूत बुद्धिसागर घिमिरेले कार्यक्रममा नेपालको झण्डा फहराएका थिए । दीपक पाण्डेले संचालन गरेको उक्त कार्यक्रममा सबै उमेर समूहका स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति पस्केका थिए ।

अम्बिका बस्नेत र अर्जुन पौडेलको दोहोरी ब्यटल चल्दै गर्दा दर्शकहरू पेट मिचीमिची हाँसेका थिए । एभेरेस्ट रेस्टुरेंटको मौलिक नेपाली खानाले नेपाल कै झल्को दिएको थियो ।