–जानु पाण्डे
कपिलवस्तु, ३ बैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले भर्ना अभियान सघन रुपमा चलाउने निर्णय गरेको छ । आईतबार नगरपालिकाको बैठकले आधारभुत तह उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना गर्नका लागी विशेष कार्यक्रम गर्ने भएको छ ।
‘हामी सबैको इच्छा अनिवार्य निशुल्क आधारभुत शिक्षा’ भन्ने आर्दश नारासहित यस पटकको भर्ना अभियान संचालन हुदैछ । सोमबारबाट भर्ना अभियान संचालन भएको बताइएको छ । संघीय सरकारको निर्णय अनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, कर्मचारी, माथिल्ला कक्षाको विद्यार्थी, सरोकारवाला संघसंस्था सबैले १ जना बालबालिका भर्ना गर्ने बैठकमा छलफल भएको थियो ।
शिक्षाको सवालमा गम्भीरताका साथ महाराजगञ्ज नगरपालिका अगाडी बढ्ने बताएको छ । यहाँ सबैको सहयोगमा प्रत्येक बडा, गाउँ गाउँमा गई अभियान सञ्चालन गर्ने नगरपालिकाले जनायो । १५ दिनभित्र सबै बालबालिका विद्यालयको घेराभित्र ल्याउने महाराजगञ्ज नगरपालिकाका मेयर अव्दुल कलाम खाँले बताए । बैठकले सबै वडामा वडाध्यक्षको नेतृत्वमा भर्ना अभियान समिति गठन गरी सघन भर्ना अभियान संचालन गरीने योजना निर्माण भएको महाराजगञ्ज स्रोत केन्द्रका स्रोत व्यक्ति हरिराम गुप्ताले बताए ।
अभियान सञ्चालनका लागी सनसाईन सामाजिक विकास संस्था, सिद्धार्थ सामाजिक विकास केन्द्र, कालिका स्वालम्भन सामाजिक संस्था र सिसवा सामुदायिक विकास केन्द्रले सहयोग गर्ने सनसाईन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले बताए ।












प्रतिक्रिया