२२ कार्तिक २०८३, आइतबार

नयाँ वर्षमा पिकनिक खान गएका एक युवक सुनकोशीमा बेपत्ता

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, १ वैशाख । सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा शनिबार एक युवक बेपत्ता भएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । –रासस