२२ कार्तिक २०८३, आइतबार

जंगली हात्तीको आक्रमणबाट २ को मृत्यु, १ घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १ बैशाख । पटेर्वासुगौली गाउँपालिका–१ स्थित पर्सा बन्यजन्तु आरक्षण भित्र रहेको दुधेश्वर नाथ महादेब मन्दिर नजिक जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार २ जनाको मृत्यु भएको छ भने १ जना भाग्ने क्रममा घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ३१ बर्षीय कम्लेश सहनी र ठोरी गाउँपालिका–४ शान्तिटोल बस्ने ३५ बर्षीय सागबहादुर दोङको घटनास्थलमै मृत्यु भएको थियो । घाइते सोही ठाउँ बस्ने ३२ बर्षीय वीरबहादुर दोङको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।