२२ कार्तिक २०८३, आइतबार

जलविद्युत आयोजना समयमै सम्पन्न गर्नु मुख्य चुनौती : प्रदेश सभा सदस्य दवाडी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा
लमजुङ, ३० चैत । प्रदेश सभा सदस्य धनञ्जय दवाडीले धेरै जलविद्युत आयोजना निर्माण हुने क्रम बढेपनि आयोजना समयमै सम्पन्न गर्ने कुरा मुख्य चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले शुत्रबार बेंसीशहरमा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सो कुरा व्यक्त गर्नुभएको हो ।

देशमा आर्थिक क्रान्तीसँगै लगानीको वातावरण सिर्जना हुन आवशयक रहेको बताउनुभयो । तीन तहमै जनप्रतिनिधिको सरकार बनेको हुँदा कर्मचारीको युग समाप्त भएको बताउँदै सरकारले साना पूँजीपतिको संरक्षण गर्दै ठूला पूँजीपति तथा विदेशी लगानी कर्ताको बाटो खोल्ने कानुन बनाउन लागेको बताउनुभयो ।

नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहेका दवाडीले लमजुङलाई विद्युतमा लगानी मैत्री जिल्ला बनाउने भनेर राजनीतिकदलहरूले सर्वदलीय सहमतिका साथ गरेको संकल्प सबैभन्दा ठूलो पूँजी भएको दाबी गर्नुभयोे । उहाँले लमजुङका कुनै पनि राजनीतिक दल लगानी मैत्री वातावरणलाई बिथोल्ने मानसिकतामा नभएको बताउँदै दोर्दी करिडोरमा मात्र चारवटा जलविद्युत आयोजनाको निर्माण कार्य हुनु त्यसको उपलब्धी भएको बताउनुभयो । आफुले लगानी गरेको संस्थाको बारेमा नजिकबाट बुझ्न आवश्यक रहेको भन्दै जिल्लामा जति लगानीको वातावरण सिर्जना हुन्छ त्यती पुँजी भित्राउन सकिने बताउनुभयो ।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले सुपरदोर्दी जलविद्युत आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्नका लागि प्रवद्र्धक कम्पनीका साथै प्रभावित क्षेत्र र जिल्लावासीको पनि दायित्वलाई भुल्न नहुने बताउनुभयो । जलविद्युत सम्बन्धी अब बन्ने ऐनमा आयोजना निर्माण हुने जिल्लाका बासिन्दाका लागि १० प्रतिशत सेयरको अनिवार्य व्यवस्था हुने भए पनि विद्यमान ऐनमा त्यस्तो प्रावधान नभएको तर आफ्नो पहलमा जिल्लामा त्यस्तो वातावरण तयार गरी जिल्लावासीले यस कम्पनीको अनुमानित लागत २ अर्ब ५० करोडको १० प्रतिशतले हुने २५ करोड रकम बराबरको शेयर लगानीको मौका लमजुङबासीलाई मिलेको बताउनुभयो ।

कम्पनीका सल्लाहकार एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरी पौडेल, दोर्दी गाउँपालिका उपप्रमुख दिलबहादुर घले, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नबिनराज कुइकेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इजन कुमार बरालले कम्पनीको आर्थिक बर्ष २०७३/७४ को प्रतिबेदन प्रस्तुत गर्नुभएको हो । अध्यक्ष बरालका अनुसार कम्पनीले जिल्लाबासीबाट कम्पनीमा शेयर बापत आएको रकम पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिद्धारा दोर्दीखोलामा निर्माणधिन ५४ मेगावाटको सुपरदोर्दी जलबिद्युत आयोजना ख मा लगानी गरेको छ ।

कम्पनीले उक्त जलविद्युत आयोजनाको स्वलगानी पुँजी २ अर्ब ५० करोडको १० प्रतिशत अर्थात २५ करोड जिल्लाबासीले लगानी गर्न पाउने व्यवस्था रहेको छ । कम्पनीका अनुसार हाल जिल्लाबासीबाट २२ करोड लगानी गरिएको छ ।

कम्पनी स्थापनाको आर्थिक बर्ष २०६९/७० मा ३ सय २१ शेयरधनी रहेको थियो भने १० करोड ६ लाख रुपैया कबुल रकम र ९७ लाख ११ हजार रकम प्राप्त भएको थियो । २०७३/७४ सम्म कम्पनीको शेयरधनीको संख्या ९ सय १० रहेको छ । कबुल रकम २८ करोड ५७ लाख ४५ हजार, प्राप्त रकम भने २१ करोड ९५ लाख २० हजार रहेको छ । बरालले पिपुल्स हाइड्रोपावर कम्पनी प्रालि कम्पनी भएको र पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्ने प्रकृयामा रहेको बताउनुभयो । सो कम्पनी लिमिटेडमा परिणत भएपछि सुपरदोर्दी इन्भष्टमेन्ट कम्पनीलाई उक्त कम्पनीमा गाभीने बताउनुभयो ।