सिरहा, ३० चैत । सिरहाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट एक थान कटुवा पेस्तोलसहित एपीएफ टोलीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
सोही नगरपालिका ४ बस्ने ३४ वर्षीय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुुलीले जानकारी दिए ।
सशस्त्र प्रहरी सहायक निरीक्षक साधु महतोको कमाण्डमा खटिएको एपीएफ टोलीले सो ठाउँमा हिजो बेलुका जाँच गर्ने क्रममा स ४ प ६७२२ नम्बरको मोटरसाइकलमा सवार निज यादवको साथमा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएको उनले बताए ।












प्रतिक्रिया