३१ आश्विन २०८३, शनिबार

पोर्चुगलमा नेपाली महोत्सवको तयारी तीब्र

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान
लिस्बन, २९ चैत । युरापेली मूलुक पोर्चुगलमा पहिलोपटक हुन लागेको नेपाली महोत्सवको तयारी तीब्र पारिएको छ ।

नेपाली कला र लोक सँस्कृतिको संरक्षण, प्रवर्द्धन एवं नेपाली पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप नेपाली नयाँ बर्ष २०७५ को अवसर पारेर गैर आवसीय नेपाली सँघ पोर्चुगलको आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष कुँबेर कार्कीले जानकारी दिए ।

राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा यहीे १५ अप्रिलमा हुने एक दिने नेपाली महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागी पोर्चुगलमा रहेका सिँगो नेपाली समुदाय उत्साही भएर लागि परेको उनले बताए ।

महोत्सवको मिति नजिकीएसँगै मूल आयोजक समिति तथा विभिन्न उपसमिति मार्फत प्रचार प्रसार, भेटघाट एवं तयारीका कामहरु तीब्र पारिएको अध्यक्ष कार्कीले बताए ।

महोत्सवस्थलमा स्टेज निर्माण, स्टल निर्माण र दर्शक तथा सहभागीहरुको व्यवस्थापनका लागी अध्ययन अवलोकन गरि अन्तिम खाका तयार भईसकेको उनले बताए । यस्तै महोत्सवमा मनोरञ्जनमूलक कार्यक्रम अन्र्तगत नेपाली कला र लोक सँस्कृतिको विशेष प्रर्दशनीका लागी सांगीतिक प्रस्तुतीको ब्यापक तयारी भईरहेको बताईएको छ ।

अध्यक्ष कार्कीका अनुसार खुला स्थानमा महोत्सव हुने भएका कारण महोत्सव अवधीभर शान्ति सुरक्षाका लागी यहाँको स्थानीय प्रशासनसँग समन्वय गरिएको छ । नेपाली बाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श तथा पोर्चुगलमा क्रियाशिल नेपाली संघ संस्थाहरुको सहआयोजनामा नेपाली महोत्सव हुन लागेको हो । महोत्सव सम्पन्न गर्नका लागी करिब १० हजार युरो खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवको नेपाली तथा बिदेशी गरि १० हजार बढीले अवलोकन गर्ने सँघले जनाएको छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका गरि १२ स्टल रहने बताईएको छ । यस्तै बुद्ध जन्मस्थल लुम्बिनी, सर्बोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीय स्थलका बिषयमा बिदेशीहरुलाई जानकारी दिन तथा प्रचार प्रसार गर्नका लागी छुट्टै स्टल राखिने भएको बताइएको छ ।

महोत्सवमा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचार प्रसार र प्रवर्द्धन गर्ने तथा नेपाली भेषभूषासहितको साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारहरुको लोक दोहोरी, लोकनृत्य, गायन लगायतका बिशेष सांगीतिक प्रस्तुति रहनेछ ।