२२ कार्तिक २०८३, आइतबार

झोलुंगे पुलबाट खसेर एकको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, २९ चैत । अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।

चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । –रासस